धरान उपमहानगरको नेतृत्व सम्हालेयताको एक वर्षपछि पनि मेयर हर्क साम्पाङ निरन्तर समाचारमा छाइरहेका छन् ।
भुईंमान्छे उपनाम पाएका मेयर साम्पाङ सकारात्मक कामका लागि स्याबासी पाउनुका साथै विवादको भुंग्रोमा पनि परिरहन्छन् ।

भुईंमान्छे उपनाम पाएका मेयर साम्पाङ सकारात्मक कामका लागि स्याबासी पाउनुका साथै विवादको भुंग्रोमा पनि परिरहन्छन् । स्याबासी र विवादको पात्र बनिरहने मेयर साम्पाङले यस बीचमा गरेका राम्रा कामको चर्चा धेरे छ । करिब १० वर्ष अभियन्ता बनेर दौडेका हर्कले गत वर्षको वैशाखमा भएको स्थानीय चुनावमा राखेको आफ्नो मुख्य एजेन्डा धरानको खानेपानी लाई सफल बनाउँदै छन् ।
आफ्नो पृष्ठभूमि नै अभियन्ताको भएको बताउने उनी अभियानहरू निरन्तर जारी राख्ने बताउँछन् ।

साथै साम्पाङले धरानमा दुइटा अभियान सँगै अघि बढाइरहेका छन् । पहिलो, श्रम अभियान र अर्को लागुऔषध विरोधी अभियान । आफ्नो पृष्ठभूमि नै अभियन्ताको भएको बताउने उनी अभियानहरू निरन्तर जारी राख्ने बताउँछन् । आर्थिक अनियमिततामा नमुछिनु, सुविधाभोगी नहुनु र आफ्नो मुख्य चुनावी प्रतिवद्धता (खानेपानी ल्याउने योजना) पूरा गर्न दिनरात नभनी खटिनु र हजारौं सर्वसाधारणलाई त्यसमा एकाकार गराउन सक्नु नै मेयर साम्पाङको अहिलेसम्मको मुख्य सफलता हो ।































प्रतिक्रिया